स्वदेश फर्किंनुभयो प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डाबाट कतार हुँदै आज स्वदेश फर्किंनुभएको छ । 

यही माघ ४ गते असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन युगाण्डा जानुभएका प्रचण्ड  कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गरेर आज स्वदेश फर्किनु भएको हो ।  

प्रधानमन्त्री  प्रचण्ड युगान्डाबाट (नेपाली समय अनुसार २ः ४५ बजे) कतारको दोहा अवतरण गर्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल माघ ७ गते बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नुभयो । 

भ्रमणका क्रममा प्रधानमन्त्रीले केही उच्चस्तरीय भेटवार्ता गर्नुभयो । साथै उहाँले विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन हुनु असंलग्न आन्दोलनको आवश्यकता झन् बढ्नु भएको उल्लेख गर्नुभयो । 

कात्तिक ६, २०८१ मंगलबार २१:३५:२२