मानव सेवाभन्दा बाहिरको दर्शन र विचार टिक्दैन : प्रधानमन्त्री

हेटौँडा, ३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवाभन्दा बाहिरको दर्शन र विचार समाजमा नटिक्ने बताउनुभएको छ ।

मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उहाँले मानिसले विकास गरेका दर्शन र विचार मानव सेवाकै लागि गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै समुदाय र तिनका धर्म दर्शन मानव सेवा नै हुन् । उहाँले भन्नुभयो, ‘म मान्छेलाई दुःख दिन्छु भनेर कसैले पनि भन्दैन, सबै मानव सेवाका लागि भनेर नै स्थापना भएका हुन् । तर, कसले कति मानव जातिको सेवा गर्यो भन्ने मुख्या कुरा हो ।’

सो अवसरमा प्रधानमन्त्रीले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभयो । आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको उहाँको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिनुभयो ।

कात्तिक ६, २०८१ मंगलबार २१:३५:२१