वर्तमान परिस्थितिमा हाम्रो कार्यभार बारे – क. प्रचण्ड

अहिले हामी संविधानसभाभित्र र बाहिर पनि निकै पेचिलो र गम्भीर प्रकृतिको संघर्षमा छौं । हामी माओवादीहरुको निम्ति दुरगामी महत्वको र परिवर्तनशील पनि छ यो संघर्ष । अहिलेको परिवर्तन जे जति भएको हो, त्यसको स्वामित्व माओवादीले नै मुख्य रुपमा लिने कुरा हो । किनकी नेपालमा जे जति परिवर्तन भयो ती सबै परिवर्तन महान् जनयुद्ध, दशौं हजार योद्धाको बलिदान, वेपत्ता घाइतेहरुको त्याग र तपस्याले प्राप्त भएको हो । अहिले त्यो गुम्ने खतरा भएको छ । त्यसैकारणले यो अहिलेको लडाई सबैको निम्ति जीवन र मरणको लडाई हो । हामी सहिद वेपत्ता र परिवर्तन ल्याउनको निम्ति त्याग गर्ने महानुभावप्रति इमान्दार छौं कि छैनौं भन्ने परीक्षाको निम्ति ऐतिहासिक ठूलो परिक्षणमा छौं । यो भित्र थुप्रै कमीकमजोरी अन्योल र भ्रमहरु भए, नेतृत्वबाट कयौं पटक ट्याक्टिकल स्टेपहरुमा त्रुटी भए । अहिले संविधानसभाबाट जुन परिस्थितिमा संविधान निर्माण हुँदैछ त्यसमा टेकेर हामी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न लाग्दैछौं भन्दैछौं । हामी सम्पूर्ण रुपले विचलित भइसकेको हो भने यो आन्दोलनमा सम्पूर्ण तागतका साथ लाग्न सक्दैनौं । एकले अर्कालाई दोष दिएर आफू पानी माथिको ओभानो बन्ने दृष्टता गर्यौं भने बुझ्नु पर्दछ भित्रैबाट सँच्चिन नै नसक्ने गरी विग्र्रिका छौं, होइन हामी सहिद, वेपत्ता, घाइते लाखांैं करोडौं जनताको अपेक्षा पूरा गर्न हामी संविधानसभा भित्र र बाहिर पनि अहिले संघर्ष गर्छौं । हामी जुनसुकै त्याग तपस्या गर्न तयार हुन्छौं । त्यसकारण हामी सबैको लागि एउटा ठूलो अग्नि परीक्षामा जाँदैछौं । हामीलाई अरुलाई दोषारोपण र समिक्षा गर्ने अहिले फुर्सद छैन । सम्पूर्ण उपलब्धि धरासाईको खतरा छ क्रान्ति र प्रतिक्रान्तिका बीच नयाँ शिराबाट छिनाझप्टीमा छन् । क्रान्तिको रक्षा गर्न गर्न त्यसमा टेकेर अघि बढ्न एकता बद्ध हुन जरुरी छ । आउँदो एकहप्ताभित्र एकताबद्ध भएर संघर्षमा जाँदा क्रान्तिलाई बलियो र मजबुद तरिकाले संघर्षमा जाँदा क्रान्तिलाई उपलब्धिको रक्षा गर्ने र निरन्तर अगाडि बढ्ने बलियो आधार र सम्भावना छ । होइन भने संविधानसभाबाट अग्रगामी र परिवर्तनकामी संविधान बनाउन भनेको हो ती सबै धरापमा परेको छ । प्रतिक्रान्तिले टाउको उठाउँदै गएको र हिजोका सहमति र सम्झौताहरु उल्ट्याउने तिर खतरा बढेको छ । आज यो संगीन मोडमा संविधानसभा भित्र र बाहिर अलिकति नयाँ ढंगले आन्दोलनलाई लानुपर्ने हुन्छ । हामीले भनेका छौं कि अब सबै कार्यक्रममा आउन हामी नेतृत्व तयार छौं । कोणसभा, प्रशिक्षण र आर्कमा आएर फिल्डमै आन्दोलनको नेतृत्न्व समाल्ने महसुस गरेका छौं ।

अहिले हामी संविधानसभा भित्रका ३० दलमा १९ दल एक ठाउँमा छौं । हामी एमाओवादी सबैभन्दा ठूलो यो परिवर्तनको बाहकको भएको नाताले त्यसको नेतृत्व गरिरहेका छौं । उनीहरुलाई विश्वास दिलाउन हामी प्रतिवादको अग्रपंक्तिमा नगईकन ती दलको विश्वास जित्न गाह्रो छ । अहिले अब हामी आफै जरुरी परेको खण्डमा टाउको फुटाएर देखाए मात्र विश्वास हुने लागेको छ अरु भनेर तपाईहरुलाई पत्यार नलाग्न सक्छ । अहिले संविधानसभाबाट जे प्राप्त गर्ने भनेर लडेर ल्याएका उपलब्धिहरु गुम्ने खतरा छ लडेर भए पनि त्यो गुम्न दिनु हुँदैन । हाम्रो अहिले स्थगित केन्द्रीय समितिको बैठकमा ४ पेजको प्रस्तावमा देख्दा चार पेज भएपनि चार भोलुम छ त्यहाँ । राम्ररी गहिरिएर पढियो भने धरै कुरा पाउनु हुन्छ ।

हामी जनयुद्ध लड्दै गर्दा विजयको उत्कर्षमा थियौं । विजयी मुद्रामा थियौं । सुदृढ एकता थियो पार्टीभित्र । दोस्रो राष्ट्रिय सम्मेलनपछि विचार संश्लेषण गरी प्रचण्डपथ पारित गरी २१औं शताब्दीको जनवाद प्रस्ताव पारित गरेर आएका थियौं । सुदृढ एकता थियो त्यतिखेर । अहिले हामी सबै अहिलेसम्मका प्रक्रिया यहाँसम्म आइपुगेपछि हामी अहिले विश्व कम्युनिष्ट आन्दोलन किन यति शक्तिशाली भएर पनि केही खास नेताहरुको मृत्युपछि उल्टिएर गयो । यो आज उठाइएको होइन । जनयुद्धमानै पार्टी एकताबद्ध रहेको बेला लिडरसीपको तहबाट उठाइएको प्रश्न हो । यसको जवाफ नदिने हो भने लाखौं करोडौं मानिसको बलिदानको उपलब्धि सजिलै उल्टिने गरे । अन्तराष्ट्रिय कम्युनिष्ट समिक्षा हामीले आज भन्दा १०–१२ वर्ष अघि नै गरेका हौं । क्रान्तिलाई निरन्तरता दिन र उपलब्धि बचाईराख्नका लागि यो कुरा उठाएका हौं । हामीले समाजवादी क्रान्तिको रणनीति अन्तरगत पूँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने कुरा सामान्य रुपले भनिदिने कुरा मात्र हैन । वैचारिक, राजनीतिक, सागठनिक, सामहिक रुपले कार्यशैलीको हिसाबले, साँस्कृतिक हिसाबले पूरै नयाँ चिजको माग गर्छ । नेृतत्व अवधारणा, उत्तराधिकारी निर्माण, नेतृत्व हस्तान्तरण सम्बन्धी एउटा विषब सैद्धान्तिक संश्लेषणको नयाँ माग गर्दछ । यो हाम्रो विश्वव्यापी आन्दोलनको अनुभवबाट पैदा भएको कुरा हो । हाम्रो प्रस्तावमा हेर्दा सामान्य देखिन सक्छ तर त्यो भित्र गम्भीर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीक्षा गर्ने, उत्पत्तिकरण, गहिरो विचार र भावना अन्तरनिहित छ । त्यसले मात्र हामी विश्व क्रान्तिलाई हामीले दिने खाका दिन सक्छ, नेपाली क्रान्तिलाई निरन्तर अघि बढाएर नयाँ ढोका खोल्न सक्छ भन्ने विश्वास गरिएको छ । हामीले पार्टी, हामी नेतृत्व कहिल्यै एक ढंगले चलेनौं माक्र्सवादलाई त्यसरी बुझेनौं । क्रमभंगतिर, महाविपत्तीतिर बुझ्यौं । हाम्रो काम जहिले पनि पूरानो पार्टी भत्काउने र नयाँ पाटी बनाउने आँट हाम्रो त्यो बुझाई प्रयोग गर्ने नेतृत्व पंक्तिमा हुँदैनथ्यो भने हामी अहिले पनि मोहनविक्रमकै वरिपरि परिक्रममा गरिराखेका रहिरहन्थ्यौं । नेपालमा जनयुद्ध हुँदैनथ्यो, नेपालमा गणतन्त्र आउँदैनथ्यो, संघीयता भन्ने हुँन्दैनथ्यो । माओवादी हुँदैनथ्यो । नेपालमा शान्ति सम्भौता हुँदैनथ्यो । नेपामामा एकीकृत माओवादी हुँदैनथ्यो । हाम्रो टिम जतिबेला नेतृत्वमा आयौं हामीले पहिलो काम मूलभूत विचारमा एक हुने जति एक ठाउँमा केन्दित होऔं भनेर सुरु गरेर एकता केन्द्र बनायौं । त्यतिबेला मशाल, मसाल, चौम, श्रमिक संगठन विभिन्न रुपमा रहेका थियौं, हामीलाई यो विल्कुल ठीक छैन भन्ने लाग्यो । एकले अर्कालाई विभिन्न गाली गौलज गरेर बसेर ठीक छैन भनेर कम्युनिष्ट आन्दोलन अगाडि जान सक्दैन । मूलभूत सिद्धान्तमा सहमत भए सानो तिनो कार्यनीति राजनीतिक मुद्धाहरुमा बहस पार्टीहरुमा चलिरहन्छ भनेर एकता केन्द्र बनायौं । पाँच वर्ष एकताकेन्द्र चलाए पछि अघि जाने त्यही छलफल गरेर त्यही घुमेर रहिरहयौ भने अगाडि लाँदैन भनेर माओवादी बन्न गायो । माओवादी पनि चौथो विस्तारित बैठक, दोस्रो राष्ट्रिय सम्मेलन, दुम्ला, चुनवान, बैठक हेर्नुभयो भने सानो सानो नयाँ नयाँ हुने प्रक्रियाबाट अघि बढ्यौ । शान्ति सम्झौता जस्तो नितान्त नयाँ नाँैलो प्रयोग हो । म र बाबुरामजी निकै बहस र छलफल गरेर एक ठाउँमा पुगेपछि पार्टी आन्दोलान र राष्ट्र एक ठाँउमा पुग्ने गरेको छ । चुनावाड बैठकमा गएर अब शािन्त प्रक्रियामा जाने निष्कर्ष निकाल्यौं । नगरेको भए के हुन्थ्यो । जनयुद्ध शुरु गरिसकेको थियौं, १० वर्ष बितेको थियो । दशौं हजारले बलिदान भइसकेको थियो । कि पूरै जित्ने कि पूरै हार्ने गरेको भए हुन्थ्यो । हामी यो शान्ति सम्झौतामको झमेला जस्तो आएर कता कता एक्लै एक्लै भएको जस्तो लागेको छ । टुक्रा टुक्रा व्यक्ति जस्तो भएको जस्तो । त्यसो गरेर गल्ती गरेको हैन, त्यसो नगरेको भए मैले त्यतिबेलै रुकुमको चुनवाङ्गबाट रोल्पामा आएर हामीले ठूलो गृहकार्य गरेका थियांै । त्यसो नगरेको भए हाम्रो स्थिति बर्मा, मलाया, पेरु, फिलिपिन्स, टर्कीको जस्तै हुने वाला छ भनेर जनयुद्धको बेला भनिएको थियो । टाउकामा टेकेर ढाडमा हान्ने रणनीति बनाउँदै गर्दा भनिएको थियो यो कुरा । म र हाम्रो टिमलाई अहिले पनि के लाग्छ भने यो रानीतिक रणनीतिभित्रमा नआएको भए यो स्थिति रहने थिएन यो अवस्थामा । हेर्नुस् पेरुमा अहिले केही छैन कम्युनिष्टको, गोञ्जालोको नाम लिन डराउँछन् । हाम्रोमा सबै गरेर १५ हजारको ज्यान गयो, पेरुमा एक लाखको ज्यान गयो तर अवस्था कहाँ पुग्यो । त्यत्रो बलिदान गरेर पनि केही भएन । डरलाग्दो कुरा लाग्छ कि लाग्दैन ? बाङ्गोटिङ्ग गर्न, दायाँबायाँ गर्न जानेन भने क्रान्ति कहिल्यै पूरा हुँदैन । केन्द्रीय समितिको प्रतावमा विश्व कम्युनिष्ट आन्दोलनको समीक्षाको माग मात्र हैन, सुत्र पनि दिइएको छ । नयाँ वैचारिक संश्लेषण पनि गरेको छ । समाजवादी क्रान्ति अन्तरगतको पार्टी पुर्ननिर्माण गर्ने पनि गरेको छ । तत्कालै पार्टी फेरी विभाजन गराउने र माओावदीलाई क्षतविक्षत गर्ने साम्राज्यवादी, प्रतिक्रयावादी, विस्तारवादीहरुको षड्यन्त्रलाई चुनौति दिएको कुरा प्रष्ट भन्न चाहन्छु । गम्भीर रुपले लिनु होला, हल्का ढंगले नलिनु होला त्यो प्रस्ताव । विरोधीहरुको षड्यन्त्र परास्त गर्ने र पार्टी नयाँ ढंगले एकताबद्ध र अगाडि बढाउने स्पीरटका साथ आएको छ । यो कुरा ठीक ढंगले आत्मासाथ गर्दा भौतिक शक्ति बन्ने वाला छ । हामी एकचोटी अहिले नयाँ आन्दोलन, नयाँ पाटीर्, विचार संश्लेषण विचार निर्माण गरिछाड्ने जतिबेला हामी छलफलमा पुग्दै थियौं, हामी संविधान निर्माण प्रक्रिया टुंङ्गिएपछि महाधिवेशनको तयारी सन्दर्भमा हामी एकचोटी सामुहिक रुपलपे चीन क्युवा, लेटिन अमेरिककी देशहरुमा तथा भारतमा पनि जाऔं, भेटौं, हेरौं र अध्ययन गरौं नितान्त विश्वव्यापी महत्वको केही सामाग्री तयार पारेर हामी जानु भन्दा अगाडि केही दिएर जाने भन्ने संकल्पसहित आएका छौं । अहिले धेरै तपाईहरुलाई भनेर विश्वास हुन्छ भन्ने पनि हामीलाई लागेको छैन । अब केही काम नयाँ गरेर मात्र विश्वास हुन्छ । त्यसकारण अब संघर्ष भनेको त्यो गर्ने काम हो । त्यसलाई विश्वास दिलाउने काम गर्छ । हाम्रो प्रस्तावले पार्टी एकताबद्ध भएको छ भन्ने लागेको छ । कतै कतै यदा कदा छु मन्तर नहुन सक्छ । तर संघर्षमा तपाई हुमिने कि नहुमिने, तपाई जसरी लागेपनि हुन्छ । तपाई अर्कालाई गाली गरेर आफू आफ्नो भूमिका जिम्मेवारीबाट पन्छिने कि नपन्छिने । कहिले काँही यो कार्बाही गरेकालाई फेरि ल्यायो भनेको छ, कोहीलाई यो हुँदै नहुनेसँग कसरी मिल्न जाने भन्ने भन्नु हुन्छ । हामी पार्टी विभाजन गरेर हामीलाई दलाल, गद्दार भनेर भन्नेसँग कार्यगत एकता गर्दैछौं । तापाईहरुलाई अनौठो लागेको होला…. सबैलाई राम्रोसँग चिन्नु भएको छ नि । हामी आफुसँगै लडेका सँगै विचार लिने अगाडि जाने कमरेडहरुसँग पानी बाराबार गर्नुपर्छ ? त्यो भन्दा ठूलो संक्र्रीणता यन्त्रिकता अरु केही हुन्छ ? यो हाम्रो पहलमा भएको छ, यो कार्यगत एकता किन भएको छ भने हिजोका ऐतिहासिक आन्दोलन, क्रान्ति, परिवर्तन, सम्झौता, सहमति कार्यान्वयन गराउनका निम्ति अधिकतम् शक्ति जति बेलासम्म मिल्न सक्छौं ती मिल्न जरुरी छ भनेर गरेका छौं । सबैलाई लिएर जाने हो जो जति अगाडि जान सक्छ, जाने हो हाम्रो लक्ष्यमा पुगी छाड्ने हो । हामीले केन्द्रीय आन्दोलन परिचालन समितिमा पनि र ३० दलीय गठबन्धनको पनि केन्द्रीय संरचना बनाइएको छ । त्यसको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम तय गर्दैछ । अब आन्दोलनमा कार्यकर्तालाई जीवन मरणको र ऐतिहासिक सवाल छ । अब अरुको भर परेर हामी शिथिल हुन सक्ने छुट छैन । हामीले आफ्नै पार्टी पंक्ति जवस, जातीय, राष्ट्रिय क्षेत्रीय मोर्चा, विभाग, समर्थक जनता दुई चार दिनमा व्यापक परिचालन गर्नु पर्यो । जनतालाई सडकमा उतार्ने र नेतृत्व पनि सडकमा उत्रने तयारी गर्दैछौं । त्यसकारण युवा स्वयम् सेवकहरुले बिहानै देखि आर्कहरु बनाएर शक्ति केन्द्रीत गर्ने र उनीहरुको भिजिलान्ते प्रयोग गरेर प्रतिकार गर्न आउन सक्छन्, राम्रै तयारी गर्नुपर्छ । सबै केन्द्रीत हुने र अगाडि जाने र स्वयम् सेवकहरुले बन्द सफल पार्न गर्ने अर्को कुरा हुन्छ । काठमाडौंमा युवा शक्ति उतार्नु पर्छ यसको रणनैतिक महत्व छ उनीहरुको योजना डिफ्युज गर्न सकिन्छ ।
संविधान निर्माणको सन्दर्भमा संविधानसभा भित्र हामीले भनेका छौं माघ ८ गतेसम्म हामीले सहमतिमा जाने कोशिस गरौं भनेका छौं, जति सहमति हुन्छ यति भयो, अब बाँकी कोशिस हुन्छ भनेको खण्डमा जनताले छुट दिन्छ । चारै पक्ष एकै ठाउँमा उभिए जनताले छुट दिन्छ । आज बेलुकासम्म बोल्ने छ प्रतिवेदनमा तर कांग्रेस एमाले त्यसमा आजैबाट नेकाको अलि बढी जोड मस्यौदा समितिमा नौं बुदे प्रस्तावलाई लगौं र मस्यौदा बनाउन पनि लगाउने र प्रक्रिया पनि अगाडि बढाऔं भन्ने छ र एमालेको संविधानसभामा प्रश्नावली समिति बनाऔं र प्रश्नावली तयार पारेर प्रक्रिया अगाडि बढाउने भन्ने बढी छ । हामीले भनेका छौं यी दुवै यो गलत छन्, तपाईहरुले प्रक्रिया अगाडि बढाउने भनेको देशमा अब राजनीतिक समझदारीको बातावरण सिद्धियो भनेको हुन्छ, सहमतिको अन्त्य भयो भनेको हुन्छ । राजनीतिक मुठभेडको नयाँ प्रक्रिया सुरु भयो भन्ने हुन्छ । के यही हो तपाईहरुको आशय भनेर हामीले भनियो । के संविधानसभामा संसारमा अल्पमत बहुमत भएको इतिहास छ ? कँही बहुमत र अल्पमतले टुंग्याएको रेकर्ण थाहा छैन । आन्दोलनकारीहरुको सहमतिबाट बनाउने भन्ने संस्था हो संविधानसभा । हिजोका शान्ति सम्झौता र आन्दोलनका सहयात्रीहरुको सहमतिमा बनाउने भन्ने हो संविधानसभा । त्यसो नगरेर संविधानसभालाई संसद बनाएर दुई तिहाई बहुमत प्रयोग गछौँ भन्नुको अर्थ मधेशलाई माओवादी, जनजातिलाई, दलित महिला, मुस्लिम परिवर्तन खोज्ने सम्पूर्ण जनताको भावनालाई बुटले कुल्चिएर जर्वजस्ती गर्न सक्नुहुन्छ भन्ने छ, त्यसकारण त्यतातिर नलाग्नुस् तपाईहरु संविधान बनाउन तिर होइन कि संविधानसभा भंग गर्न खोज्नु भएको बुझ्छौं भनेका छौं हामीले । संविधानसभा हिजो ऐतिहासिक के कारणले जन्मियो ? भन्दा ऐतिहासिक सम्झौताबाट, ऐतिहासिक क्रान्ति र आन्दोलनको बलमा जन्मियो र अनि त्यसको भूल भावना बाहिर गएर गर्न सम्भव छ त ? हामीले भनेका छौं तपाईहरु दुई तिहाईको कुरा गर्नुहुन्छ ? ०५२ साल अगाडि सतप्रतिशत संसदमा कांग्रेस र एमाले मिल्दा ९० प्रतिशत भन्दा बढी मत तपाई मात्रै त थियो, के गर्यो त्यो बहुमतले । तपाईहरुले त्यतिखेर संसारको सबभन्दा राम्रो संविधान, कमा र फुलस्टप पनि परिवर्तन गर्नु मिल्दैन भन्नु भएको थियो । के त्यो संविधानले तपाईहरुलाई बचायो त ? कहाँ लग्यो त्यो संविधान र बहुमतले । नेपाली कांग्रेसको ०४८ सालपछि बहुमत भएको होइन ? कहाँ लग्यो तपाईहरुलाई त्यो संविधानले बचाउन किन सकेन ? हामीले भनेका छों । कुरा त्यसो होइन, यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने कि नगर्ने ? विभेदको अन्त्य गर्ने कि नगर्ने भन्नेमा केन्द्रीत छ ।

हामीलाई जातीय नारा उठाएर के गर्यो भनिएको छ, हामीले जातिय नारा उठाएकै छैनौं । हामीले जातीय उत्पीडनको अन्त्य गर्ने भनेको हो । तर भनेको भनै गर्दा हामी नै तर्सिने भयो । अघिल्लो पटक जनताले कुरा बुझेकाले हामीलाई ठूलो पार्टी बनाएको, अहिले जनताको दिमागबाट सबै डिलिट भएर कांग्रेस र एमालेको पछि लागेको हो त जनता ? त्यसो होइन, बिगारेको हामीले हो किनभने हिजो हामी शक्तिमा थियौं । जनताका विरुद्ध निहूँ खोज्ने विरुद्ध जाई लाग्थ्यौं । वाईसीएल थियो, जनमुक्ति सेना थियो, शक्ति थियो र जनताले साथ दियो । अहिले शक्ति अलि कमजोर भएकोले त्यतै गयो । शक्ति भयो भने जनता पछि लाग्छ । शक्ति देखेर यिनीहरुले पार लगाउँछन् भन्ने भयो भने जनता पछि लाग्छ । पारलाग्दैन भन्ने भयो भने जनता पछि लाग्दैन । शक्ति कमजोर देखे भने पछि लाग्दैन । हामी एकपटक जाग्यौं भने जनता पछि लाग्छ । हामी हारेका छैनौं । सबभन्दा ठूलो क्रान्ति, परिवर्तन, वैचारिक राजनीतिक परिवर्तनको आधार भनेको मुद्दा हो । मुद्दाका हिसाबले हामी नै आक्रामक छौं । अरु आक्रामक छैनन् । अहिले हामी संविधानसभाका १९ दल, ३० दल र सबै बाहिरका दल गरी करिब सय दलहरु एक ठाउँमा भएका छौं, त्यहाँ पनि आक्रामक छौं, कमजोर भएका छैनौं । अहिले त अन्तर्राष्टिय समुदाय पनि यो शान्ति सम्झौताका सहयात्रीलाई छाडेर कसरी बहुमतले संविधान हुन्छ ? भनेर भनेका छन् । भारतको प्रधानमन्त्रीले त सहमति है, माओवादी र मधेशवादीलाई छाडेर कहाँ संविधान बन्छ भनेर गए । अमेरिकन र व्रिटिश राजदूतहरुले पनि कुरा गर्दा सहमति भन्दा बाहिर त छैन भन्छन् । तर नेका, एमालेका नेता सहमति नहुने भयो, अब प्रक्रियामा जाउँ भन्दैछन् । यिनीहरुलाई कसले उचालेछ भनेको त पछि लाग्यो विनाश काले विपरित बुद्धि हुन्छ । पहिला ज्ञानेन्द्रलाई पनि कसले उचालेको छ ? भनेको कसैले साथ दिएको जस्तो लाग्दैन । सात संसदवादी दललाई पनि जेल हालेको छ, पिटेको छ, माओवादीलाई पनि आतंककारी भनेर आक्रमण गरेको छ । म नै सबै थोक हुँ भनेर हिडेको थियो । कताबाट आयो त्यो पनि कला बिहिन नाटक भनेका थियौं । विनाश काले विपरित बुद्धि इतिहासमा पुष्टि भयो ।

अहिले आएर हिजो आफैले गिरिजाप्रसाद, रामचन्दले गरेको हस्ताक्षर, सहमति, अन्तरिम संविधान बाहिर गएर संविधान बनाउँछु भनेर माओवादी, मधेशी, जनजाति, दलित, समावेशी समानुपातिकको विरोध गर्नु भनेको भएभरका सबैलाई बाहिर राख्ने र बाहिर राखेर कांग्रेस एमालेले चलाएर यो देश चल्छ ? आफ्नै बहुमत बचाउन नसक्ने यिनीहरु नै हुन् । त्यसमाथि अहिलेको प्रमुख नेता भनेका हिजोका आन्दोलनका विरोधी हुन । त्यसकारण यो याथार्थमा सम्भव हुने कुरा होइन । हाम्रो कमजोरी के भयो भने मुद्दामा पनि ठीक र आक्रामक छौं हामीसँग चिन्तित हुने र मुद्दै रहेन भन्ने अवस्था छैन । मुद्दा सबै उत्पीडन, वर्गीय, जातीय क्षेत्रीय, लैगिक विभेद कायमै छ । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता अरुले ल्याएको होइन । माओवादी आन्दोलनका कारणले मुख्य र मधेशी, जनजाति, दलित, मुस्लिम, महिला इत्यादि आन्दोलनकै कारणले आएको हो । अहिले हामी ३० दल इत्यादि भएका छौं त्यहाँ पनि कमजोर भएको अवस्था छैन । हामी कहाँनिर कमजोरी छ भन्दा हाम्रो दिमागमा, मनमा एक्लै एक्लै हारिराखेका छौं । अब्जेटिभ्ली हामी केही नै हारेका छैनौ, आक्रामक अवस्थामा छौं । सब्जेटिभ्ली हामीले आफुले आफैलाई त्यसरी हराएका छौं कि हामीले सक्दैनौं, आफ्नो नराम्रो र अर्काको राम्रो देख्ने भएका छौं । अरुलाई बुद्धिमान देख्ने आफु बेकुफ देख्ने हुन थालेका छौं । यो उल्ट्याउन खोजेको हो, यस पटक त्यसो नगरौं । आफ्नो नेता बदमास देखेर कांग्रेस एमाले राम्रा देख्ने हो भने हामी सिद्धिन्छौं, आफ्नो हिजो संँगै लडेका साथी बदमास देखेर कांग्रेस एमालेका बरु राम्रा हुन् कि जस्तो देख्ने त्यो चस्मा गलत भयो । हामीले गल्ती त्यही गर्यौं । आफ्नो जनतासँग भर पर्नुको सट्टा खाली वार्ता र सम्झौतामा भरपर्दा गल्ती गर्यौं । हामीले, मैले अब त्यसाो नगर्ने हाम्रै जनता, शक्तिमा भर पर्ने जनतामा जाने आन्दोलनमा भरपर्ने वार्ता पनि नछाड्ने । हिजोको सहमति सम्झौता अनुसार गराउन वार्ता पनि नछाड्ने । अहिले पनि शान्ति वार्ताको घेरा भन्दा बाहिर जानु पर्दैन । कतिपयलाई के लाग्छ भने लाइन भनेको कि एमालेको लाइन कि भर्खरै वैद्यजीवाट फुट्नु भएको हाम्रो कार्यकर्ता विप्लवको लाइन भन्नु हून्छ । विप्लवको लाइन भन्छन्, मलवाई अनौठो लाग्छ के भन्नुभएको होला ? लाईन यही हो अब शान्तिपूर्ण संघर्षबाट संविधानसभामार्फत् संविधान निर्माण गरेर त्यही टेकेर गरेर समाजवादी क्रान्तिको अगाडि बढ्ने लाइन हो । शान्ति पूर्ण संघर्षको घेराभित्रै संविधान निर्माणको संघर्षको घेराभित्रै हामी जाने भनेको हो । हामी हतियार उठाउने, भूमिगत जाने, वर्तमान परिस्थितिभन्दा बाहरको कुरा हो । शान्तिपूर्ण संघर्षबाटै उपलब्धि संस्थागत गर्दै अगाडी बढ्दै जाने कुरा हो । शान्तिपूर्ण संघर्ष भन्यो भने कांग्रेस एमालेले सिकाएका उहिले देखिकै शान्तिपूर्ण संघर्षका पक्षपाति पनि सिकाएको गाडी जलाउनु तोडफोडगर्नु ढुंगाहान्नु सबै शान्तिपूर्ण संघर्ष भित्र पर्छ । संविधानसभा भित्र तपाईहरुले देख्नु भएको ताइवान, जापान र युरोपका देशहरुमा सदनभित्र नेताहरुले कुर्ची हानाहान, टाउको फोर्ने गोद्ने, कागत च्यात्ने, माइक भाँच्ने शान्तिपूर्ण संघर्षभन्दा बाहिर पर्दैन । त्यसो नगर्दा अधिकार पनि पाइने भएन । त्यति गर्दा डराउनु परेन नि । त्यसकारण हाम्रो दिमाग आक्रामक बनाऔं । हजारौ सहिदलाई सम्झौं । हिजो गरेका सम्झौता सहमतिलाई सम्झौं । अग्रगामी संविधान बनाउने हाम्रो प्रतिबद्धतालाई सम्झौं । हामी अहिले कमजोर भएको भित्रबाट होइन, आफ्नो मानसिक कमजोर, आइडोलोजी भनेको हेडोलोजी हो भनेर भन्ने गर्थें मैले । टाउकोले जे सोच्छ त्यो अनुसार हुने हो । एकपटक सबै कुरा छाडेर पार्टी भित्रको अन्तरसंघर्ष छाडौं, यो संघर्ष हामी सबैको जीवन मरणको समावल छ । एक भएर गयौं भने मात्र अग्रगामी संधिवान बन्ने वाला छ त्यहाँ टेकेर मात्र अगाडिको यात्रा सुगम हुनेवाला छ । अब भ्रममुक्त हुनुस् तपाईहरुसँगै हामी फिल्डमा सँगै लड्छौं र सँगै एकपटक अगाडि बढौं । जित सुनिश्चित छ, धन्यावाद ।
(एकीकृत ने.क.पा.(माओवादी)का अध्यक्ष प्रचण्डले नेवाः र ताम्सालिङ्ग स्तरीय प्रशिक्षण कार्यक्रममा गर्नुभएको सम्बोधनको सम्पादित अंशः)

साउन २, २०८१ बिहीबार ४:३:१८